२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सातै प्रदेशका सामाजिक विकासमन्त्री स्वास्थ्य मन्त्रालयमा

अ+ अ-

काठमाडौं । सातैवटै प्रदेशका सामाजिक विकासमन्त्रीले स्वास्थ्य मन्त्रालय पुगी स्वास्थ्यमा भइरहेका गतिविधिबारे जानकारी लिएका छन् ।

उनीहरुले मन्त्रालयमा पुगी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग भेट गरी स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेका छन् ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश र केन्द्रबीच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय एवं सहकार्य गर्ने, संघले कस्तो स्वास्थ्य नीतिनियम बनाउँदै छ, प्रदेशस्तरका स्वास्थ्य संरचनालाई कसरी स्वामित्वमा राख्नेलगायत विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने, “केन्द्र र प्रदेशको कानूनमा समानता, नीति योजना तथा बजेट कार्यान्वयमा सहजताको बारे कुरा भयो, मन्त्रीको सकारात्मक प्रतिक्रिया पायौँ ।”

स्वास्थ्यमन्त्री यादवले मन्त्रालयको चिकित्सा सेवालाई प्रभावकारी बनाउनु पहिलो दायित्व भएकोले मन्त्रालयले गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

भेटमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का नवलकिशोर साह, प्रदेश ३ का युवराज दुलाल, गण्डकी प्रदेशका नरदेवी पुन, प्रदेश ५ का सुर्दशन बराल, कर्णाली प्रदेशका दल रावल र प्रदेश ७ का दीर्घबहादुर सोडारी सामेल थिए । रासस