भिसा लागेका नेपालीलाई सरकारले मलेसिया जान दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भिसा लागेका नेपालीलाई सरकारले मलेसिया जान दिने


६ श्रावण २०७५, आइतबार


काठमाडौं । सरकारले गत जेठ २ गतेसम्म राहदानीमा भिसा लागिसकेका नेपाली कामदारला मलेसिया जान दिने भएको छ ।

आइतबार श्रम तथा रोजगार मन्त्रालयले जेठ २ गते मलेसिया लैजाने नाममा अतिरिक्त शुल्क उठाउने संघ संस्थाहरुमाथि कारबाही गर्नुअघि श्रम स्वीकृति पाएका र राहदानीमा सक्कली भिसा लागेकालाई जान दिने निर्णय भएको जनाएको छ।

यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस