बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ : देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ : देउवा


६ श्रावण २०७५, आइतबार


काठमाडौं । बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिनेको बताएका छन् ।

उनले भने, बीपीले कम्यूनिष्टहरुसँग मिल्नुहुदैन भन्ने अहिले बुझ्दै छु, उनीहरु जनताका लागि हुँदै होइनन् ।’

देउवालले कम्यूनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताएका छन् ।

‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’

सभापति देउवाले भने ‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजेका छन्, बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’

उनले केसीको माग जायज भएको र आफ्नो पनि समर्थन भएको बताए ।

प्रतिक्रिया दिनुहोस