लागु औषधसहित दुई पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लागु औषधसहित दुई पक्राउ


६ श्रावण २०७५, आइतबार


काठमाडौं । प्रहरीले पकनाजोलबाट लागु औषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका २३ वर्षीय मनोज तामाङ्ग र झापाका २० वर्षीय राजेश भुजेल रहेका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटीएको टोलीले बा ३१ प ९०२५ नं. को एफ जेट मोरसाइकल र लागु औषध सहित दुबै जनालाई काठमाडौं पकनाजोलबाट  पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट कानुनद्वारा प्रतिबन्धित लागु औष डाइजेल्याब एम्पुल ४ सय थान, फेनार्गन एम्पुल ४ सय थान र नुफिन एम्पुल ४ सय थान फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुको महानगरीय प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भईरहको प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस