खैरो हिरोइन सहित एक पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खैरो हिरोइन सहित एक पक्राउ


६ श्रावण २०७५, आइतबार


काठमाडौं । खैरो हिरोइनसहित सामाखुसी रेडपुल नजिकबाट एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटीएको टोलीले शनिबार दिउँसोको समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी घर भएका २० वर्षीय अरविन्द्र हमाल रहेका छन् ।

उनको साथबाट १ ग्राम ३० मिलि ग्राम खैरो हिरोइन फेलापरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त लैनचौरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस