तेस्रोलिंगीमा एचआइभी संक्रमण दर उच्च « प्रशासन
prasaLogo
६ श्रावण २०७५, आईतवार

तेस्रोलिंगीमा एचआइभी संक्रमण दर उच्च


प्रकाशित मिति : 22 July, 2018 11:26 am

काठमाडौं । तेस्रोलिंगी महिला तथा पुरुष र समलिंगीहरूमा एचआइभीको संक्रमण दर उच्च रहेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले समलिंगीहरूको जैविक र व्यावहारिक सम्बन्धी अध्ययनले यस्तो देखाएको हो ।

केन्द्रले तराईका २२ जिल्लामा गरेको सर्वेक्षण गरेको थियो । अध्ययनले पुरुष समलिंगी र तेस्रोलिंगीमा एचआइभीको व्यापकता दर आठ प्रतिशतभन्दा बढी देखाएको छ ।

भारतमा काम गरेर फर्केका आप्रवासी पुरुष, उनीहरूका पत्नी र यौनकर्मी महिलाबीच सर्वेक्षण गरिएको थियो ।

अध्ययनअनुसार अरू समूहभन्दा तेस्रोलिंगीमा यौनजन्य संक्रमण भिरिंगीको व्यापकता दर पनि दुई प्रतिशतभन्दा बढी देखिएको छ । अरू समूहमा यस्तो संक्रमण भने एक प्रतिशत मात्रै छ । यस्तो समूहमा कन्डमको प्रयोग, एचआइभीसम्बन्धी ज्ञान र परामर्श सेवा पनि कम देखिएको अध्ययनको निष्कर्ष छ । यी तीन समूहमध्ये तेस्रोलिंगीमा कन्डमको प्रयोग दर ५७ प्रतिशत छ भने महिला यौनकर्मीमा ६७ प्रतिशत देखिएको छ ।

सुई लगाएर गरिने लागूऔषध दुव्र्यसनका कारण कतिपयमा एचआइभीको जोखिममा परेको अध्ययनमा उल्लेख छ । केन्द्रले गत वर्ष गरेको अध्ययन अनुसार दुर्व्यसनीमध्ये ३८ प्रतिशतमा हेपाटाइटिस सी देखिएको थियो । हेपाटाइटिस सी संक्रमित भएकालाई एचआइभीको जोखिम उच्च हुन्छ ।

प्रतिक्रिया दिनुहोस