विश्व हिन्दू महासंघका अध्यक्ष तथा पूर्वजर्नेल भरतकेशर सिंहको निधन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व हिन्दू महासंघका अध्यक्ष तथा पूर्वजर्नेल भरतकेशर सिंहको निधन


६ श्रावण २०७५, आइतबार


काठमाडौं । विश्व हिन्दू महासंघका अध्यक्ष तथा नेपाली सेनाका पूर्वउपरथी भरतकेशर सिंहको निधन भएको छ ।

सिंहको ललितपुरस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । सिंहको आइतबार बिहान ३ः१५ बजे निधन भएको वयोधा अस्पतालले जनाएको छ ।

पिसाव सम्बन्धी समस्या रहेका ८२ बर्षीय सिंहलाई निमोनियाँ देखिएको र पछि हृदयाघातका कारण निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको पार्थिव शरीर दिउँसो साढे १२ बजे अन्तिम श्रञ्द्धाञ्जलीका लागि केहीसमय वनकालीमा राखिने र आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दु महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस