मेयरले नै कर्मचारी कुटेपछि … « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेयरले नै कर्मचारी कुटेपछि …


५ श्रावण २०७५, शनिबार


सिरहा । सिरहाको कर्जन्हा नगरपालिकाका मेयरले नगरपालिकाकै एक कर्मचारीलाई कुटेका छन् । मेयर गंगा पासवानले जिन्सी शाखा प्रमुख बलिराम यादवलाई शुक्रबार कुटपिट गरेका हुन् ।

उनले आफ्नै कक्षमा काम गरिरहेको समयमा यादवको गालामा थप्पड हानेका हुन् ।  नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन दाखिला गर्न दबाब दिँदै आएका मेयरले यादवले दाखिला गर्न नमिल्ने भनेपछि थप्पड हानेको बताइएको छ ।

यादवले बिल नै नभएको सामान दाखिला गर्न नसकिने बताएका थिए । मेरो भनेको नमान्ने भन्दै उनले थप्पड हानेको यादवले बताए ।

प्रतिक्रिया दिनुहोस