२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी नाकाबाट १७४ नेपाली चेलीको उद्धार

अ+ अ-

भद्रपुर । माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट गत छ महिनामा १७४ जना नेपाली चेलीको उद्धार गरेको छ ।

मानव बेचबिखनमा संलग्न दलालहरुले झुक्याएर भारततिर लैजान लागेको अवस्थामा ती चेलीलाई सम्झाई–बुझाई नाकाबाट फर्काएर अभिभावकको जिम्मा लगाइएको र १० जनालाई सिलगुढी, दिल्ली र खोरीबारीलगायत स्थानबाट उद्धार गरेको माइती नेपालको काँकडभिट्टास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ ।

मानव बेचबिखनको ट्रान्जिट मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ । सन् २०१७ को जनवरीदेखि जुनसम्ममा माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालय काँकडभिट्टामा महिला हराएको ८६ वटा घटना दर्ता भएकामा खोजी कार्य गरेर ३० जना फेला परेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए ।

सो अवधिमा मानव बेचबिखनसम्बन्धी तीन वटा र घरेलु हिंसासम्बन्धी दुई वटा मुद्दा अदालतमा दर्ता गराइएको छ।त्यसैगरी सोही अविधिमा माइती नेपालले पशुपतिनगर नाकाबाट १९५ जनालाई भारत जानबाट रोकेको छ भने १८ जनाको उद्धार गरेको छ ।

पशुपति नगरमा मानव हराएका ६३ वटा निवेदन परे पनि २२ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ । त्यसैगरी, जोगवनी नाकामा १२० जनालाई रोकिएको छ भने चारजनाको उद्धार तथा हराएका ३५ जनाको निवेदन परेर पनि १५ जना फेला परेको माइती नेपालले जनाएको छ । चेलीबेटी बेचबिखन रोक्नका लागि माइती नेपाल प्रहरीसँग मिलेर विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । रासस