सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्


५ श्रावण २०७५, शनिबार


सुर्खेत । गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७४/७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ । गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए ।

‘हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ’, प्रहरी नायब निरीक्षक चौधरीले भने । यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस