नक्कली सुन देखाइ ठगी गर्ने तीन पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नक्कली सुन देखाइ ठगी गर्ने तीन पक्राउ


४ श्रावण २०७५, शुक्रबार


काठमाडौं । नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरको विशेष टोलीले ३ जनालाई १ किलो नक्कली सुन सहित पक्राउ गरेको छ ।

१ किलो सुनको विस्कुट, वेरुवा औँटी र १ थान नक्कली सुनको सिसिक्रि नक्कली विल सहित कपन इलाका बाट फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा जोरपाटी बस्ने २३ वर्षीय राज लामा तामाङ्, जोरपाती जममाडाडा बस्ने २६ वर्षीय म्लाङसिङ् लामा र कपन बस्ने टासी लाक्पा शेर्पा रहेका छन् ।

राज लामा ठगि केशमा मुद्दा चलेका व्यक्ति भएको र टासी लाक्पा शेर्पा कर्तव्य मुद्दामा १० वर्ष जेल भुक्तान गरी निस्केका व्यक्ति ठहरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस