चिकित्सा सेवा बन्द, डाक्टरहरु सडकमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा सेवा बन्द, डाक्टरहरु सडकमा


३ श्रावण २०७५, बिहिबार


काठमाडौं । जुम्लामा आमरण अनशनमा बसेका गोविन्द केसीको अवस्था गम्भीर बन्दा समेत बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आजदेखि चिकित्सा सेवा बन्द गरेको छ । आज सम्पूर्ण सेवा वन्द गर्नुका साथै चिकित्सकहरु आन्दोलनमा उत्रेका छन् ।

चिकित्सक संघले हिजो नै पत्रकार सम्मेलन गरेर बिहीबार देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस