जुम्लामा डा. केसीका समर्थकमाथि प्रहरी दमन, केही विद्यार्थी घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जुम्लामा डा. केसीका समर्थकमाथि प्रहरी दमन, केही विद्यार्थी घाइते


३ श्रावण २०७५, बिहिबार


काठमाडौ । जुम्लामा अनसनरत रहेका डा. केसीका समर्थन माथि प्रहरीको दमन भएको छ । २० दिन देखि जुम्लामा अनशनरत डा. केसीलाई काठमाडौं ल्याउन प्रहरीहरुले बल प्रयोग गरेको छ ।

डा.केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर गएपछि उनका समर्थकहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले लाठी चार्ज गरेको हो ।

जुम्लाका स्थानीय तथा विद्यार्थीहरु डा. केसीको समर्थनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुलगेटमा बसेकामाथि प्रहरी हस्तक्षेप भएको छ । प्रहरीले महिला, स्थानीय तथा विद्यार्थीहरुलाई लाठीचार्ज गर्नुका साथै अश्रुग्याँससमेत प्रहार गरेको छ।

डा. केसीको जीवनरक्षाका लागि हेलिकोप्टर र सरकारी टोली आज विहानै सराकरले जुम्ला पठाएको थियो । जुम्ला पुगेको टोलीलाई त्यहाँका स्थानीय, अस्पतालका कर्मचारी, विद्यार्थीहरुहले अस्पताल प्रवेशमा रोक लगाएका थिए।

प्रतिक्रिया दिनुहोस