२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनदिनदेखि पुरिएको बस अझै निकालिएन

अ+ अ-

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका–६ चप्कामा बाटो माथिबाट आएको पहिरोमा पुरिएको यात्रुबाहक बस अझै निकालिएको छैन ।

दाङको घोराहीबाट शहीदमार्ग हुँदै रुकुमको चुनवाङ जाँदै गरेको ना ४ ख ५०६० नम्बरको सो बस तीन दिन अघि सो स्थानमा पुरिएको थियो ।

पहिरो झर्ने क्रम अझै नरोकिएकाले बस पुरिएको स्थानमा एस्काभेटर जान नमानेका कारण बस निकाल्न नसकिएको प्रहरीले बताएको छ । बस पुरिएको स्थानमाथिबाट ठूलो ढिस्को खस्ने सम्भावना रहेकाले एस्काभेटर बस पुरिएको स्थानमा जान मानिरहेका छैनन्, जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले भने । मौसममा सुधार आए वा पहिरो झर्न रोकिने बित्तिकै बस निकालेर अवरुद्ध सडक खुलाउने काम गर्छौं फुयाँलले भने ।

बसमा रहेका यात्रु तथा सामानमा भने कुनै क्षति नभएको बताइएको छ । पहिरो आउनु पूर्व नै यात्रु र सामान निकालिएका कारण भौतिक तथा मानवीय क्षति भएन, प्रहरी नायब उपरीक्षक फुयाँलले भने । पहिरो झर्ने क्रम अझै रोकिएको छैन भने पहिरो बगेर नजिकै रहेको सविता पुनको गोठमा समेत क्षति पुगेको छ, प्रहरी नायब उपरीक्षक फुयाँलले भने ।

सोही पहिरोका कारण सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम लिवाङ, दाङ तथा काठमाडौंबाट उत्तरी रोल्पाको थवाङ, मिरुल, कुरेली, इरिवाङ र रुकुमको चुनवाङतर्फ चल्ने कुनै पनि सवारीसाधन चल्न नसक्दा हजारौँ यात्रु विचल्ली परेका छन् । साउने संक्रान्ति मान्न हिँडेका धेरै यात्रु विचल्ली परेको बताइएको छ ।

केही दिनयता परेको अविरल वर्षात्का कारण जिल्लाका दर्जनौँ भित्री सडकसमेत पहिरो खसेर अवरुद्ध भएका छन् । सदरमुकाम लिवाङबाट ह्वामा, धवाङ, जंकोट, कोर्चवाङ, जेद्वाङतर्फ चल्ने सडक अवरुद्ध भएको जलजला यातायात प्रालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिए ।

पूर्वी रोल्पाका विभिन्न स्थानमा चल्ने सवारीसाधनसमेत अवरुद्ध भएको बताइएको छ । सुलिचौरबाट गाम, फगाम तथा थवाङ जाने सडकसमेत अवरुद्ध भएका कारण यात्रुलाई गन्तव्यमा पु¥याउन समस्या भइरहेको जलजला यातायात व्यवसायी समिति रोल्पाका प्रशासन इञ्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिए।

व्यवस्थित इञ्जिनियरिङ डिजाइन बिना उपभोक्ता समितिले आफूखुशी बनाएका सडकका कारण सामान्य वर्षात् हुँदा पनि बाटो अवरुद्ध हुने गरेको जिल्लावासीले गुनासो गरेका छन् । रासस