डा. केसीलाई लिन हेलिकोप्टर पठाइयो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डा. केसीलाई लिन हेलिकोप्टर पठाइयो


३ श्रावण २०७५, बिहिबार


काठमाडौं । बीस दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौं ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

डा. केसीलाई लिन मन्त्रालयका सचिव खगराज बरालको टोली जुम्ला गएको छ । काठमाडौं ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।

मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौं ल्याउने निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए ।

उनले चिकित्सा शिक्षा विधेयकबारे प्रतिनिधिसभाले प्रक्रियागतरुपमा निर्णय गर्ने जनाए । अरु विषय चिकित्सा शिक्षा आयोगले टुंगो लगाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस