चिकित्सकको आन्दोलनले देशभरका स्वास्थ्य संस्था ठप्प « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिकित्सकको आन्दोलनले देशभरका स्वास्थ्य संस्था ठप्प


३ श्रावण २०७५, बिहिबार


काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरू आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्था ठप्प पारेको छ । संघले एक विज्ञप्ति जारी गरी बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ ।

संघले केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।

प्रतिक्रिया दिनुहोस