२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी र गाँजा तस्करबीच भिडन्त

अ+ अ-

गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–३ अजमरपट्टिमा गएराति प्रहरी र गाँजा तस्करबीच भिडन्त भएको छ ।

भिडन्तमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

गएराति मध्यरातमा एकडारा–३ का २० जना तस्करले पोका बनाएर लागु औषध गाँजा नेपालबाट भारत तस्करी गर्न लागेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीसँग तस्करको भिडन्त भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

भिडन्तपछि तस्करहरूले केही गाँजाको पोका छोडेर भागेको थियो । तस्करहरू भागेपछि प्रहरीले उक्त स्थानबाट पाँचवटा पोकामा राखिएको ३३ किलो लागु औषध गाँजा नियन्त्रणमा लिएको जनाइएको छ ।

भिडन्तमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस