काठमाडौं । प्रचिन महत्वको सय वर्ष पुरानो बालगोपालको मूर्ति सहित दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पाल्पा छहरा गाउँपालिका– ४ बस्ने २७ वर्षीय दोलख बहादुर सोमई र ३७ वर्षीय दिपक मैनालीलाई पक्राउ गरेको हो ।
सोमईको पेरिसडाँडास्थित कोठामा खानतलासी गर्दा मैनालीले बेच विखनका लागि दिएको उक्त मुर्ति वरामद भएको छ । उनीहरुलाई स्मारक संरक्षण ऐन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ ।