बिहीबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बिहीबार आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द


२ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै संघले आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्ण गरेको हो । राजधानीमा रहेका स्वास्थ्यकर्मी बिहीबार दिउसो १२ बजे माइतिघर मण्डलामा जम्मा भएर सरकारले केसीका मागप्रति गरेको व्यवास्ताको प्रतिकार गर्ने पनि संघले विज्ञप्ति मार्फत जनाएको छ ।

केदारभक्त माथेमाको संयोजकत्वमा यस सम्बन्धमा गठित समितिको प्रतिवेदनको आधारमा कानुन बनाउन माग गर्दै केसी १९ दिनदेखि जुम्लामा अनशनरत छन् ।

प्रतिक्रिया दिनुहोस