२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषक जडीबुटी खेतितर्फ आकर्षित

अ+ अ-

सल्यान । जिल्लामा कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् ।

कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् ।

जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक सामूहिक उत्पादनमा लागेका छन् । छत्रेश्वरी गाउँपालिका– २ स्थित रुपान्तरण जडीबुटी कृषक समूह र लालीगुराँस जडीबुटी कृषक समूह बनाएरै कृषकले जडीबुटी उत्पादन शुरु गरेको छत्रेश्वरी गाउँपालिका– २ का वडाध्यक्ष प्रेमबहादुर खड्काले बताए।

“गत आवमा टिमुरको मूल्य उच्च भएकाले यसवर्ष कृषक टिमुर तथा अन्य जडीबुटी खेतीतर्फ आकर्षित भएका छन्”, उनले भने  । कृषकले एक क्विन्टल टिमुर ६० हजारभन्दा बढी मूल्यमा बिक्री गरेका छन् ।

“परम्परागतरुपमा गरिएको खेतीले गर्जो टार्न गाह्रो भयो, टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि एक बिघाभन्दा बढी जग्गामा टिमुरखेती गरेको छु”, वडाध्यक्ष खड्काले भने । टिमुरखेतीका लागि गाउँपालिकाबाट बजेट विनियोजन गरेको उनले बताए ।

समूहमा टिमुर लगाउने निर्णय गरेर खेती शुरु गरिएको रुपान्तरण जडीबुटी कृषक समूहकी अध्यक्ष कमला केसीले बताए । प्रत्येक सदस्यले वर्षमा डेढदेखि दुई क्विन्टलसम्म टिमुर उत्पादन गर्छन् ।

लालीगुराँस जडीबुटी उत्पादन समूहका ३२ कृषकले जडीबुटी खेतीबाट पर्याप्त आम्दानी गरिरहेको अध्यक्ष हीरालाल वली बताए । समूहमा आबद्ध सबैले ५० किलोदेखि २०० किलोसम्म टिमुर उत्पादन गरिरहेका छन् ।

जिल्लामा उत्पादन हुने टिमुर र रोजमेरीलाई प्रशोधन गरी तेल निकाल्न जिल्लामै उद्योग खुलिसकेको छ । झण्डै एक करोडको लागतमा श्रीनगरमा महालक्ष्मी हर्बल उद्योग स्थापना भएको छ । जडीबुटी खरिद बिक्री गर्न जिल्ला वनस्पति कार्यालय र स्थानीय तहको पहलमा उद्योगसँग कृषकको सम्झौता भएको छ ।

पाँचवटा जडीबुटी कृषक समूहलाई जिल्ला वन कार्यालयले टिमुरखेतीका लागि आवश्यक औजार र सामग्री वितरण गरेको सूचना अधिकारी कृष्ण पुनले बताए । फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिरसम्म टिमुर संकलन गरिसक्नुपर्छ । संकलित फललाई घाममा सुकाउनु पर्छ ।

जिल्लाबाट गत आवमा तीन लाख ५३ हजार ७०२ किलो टिमुर जिल्ला बाहिर बिक्री गरिएको थियो । टिमुरबाट रु २५ लाख ४६ हजार राजश्व संकलन भएको जिल्ला वन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस