पहिरोले घर पुरिए, १ जनाको मृत्यु, ३ जना गम्भीर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पहिरोले घर पुरिए, १ जनाको मृत्यु, ३ जना गम्भीर


२ श्रावण २०७५, बुधबार


पर्वत । पहिरोले घर पुरिँदा पर्वतमा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।

पर्वतको जलजला गाउँपालिका–८ स्थित लस्ती बेरनेतामा पहिरो जाँदा लस्ति बेरनेटाका बमबहादुर परियारका १६ वर्षीय छोरा विकास परियारको मृत्यु भएको छ ।

पहिरोले गाउँका १६ घर जोखिममा परेका छन् । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस