विश्वकपको डेब्यु टिम पानामाका व्यवस्थापक गोमेजले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्वकपको डेब्यु टिम पानामाका व्यवस्थापक गोमेजले दिए राजीनामा


२ श्रावण २०७५, बुधबार


बीबीसी। विश्वकप डेब्यु टिम पानामाका व्यवस्थापकले राजीनामा दिएका छन् । समूह चरणका सबै खेलमा पराजित भएपछि पानामाका म्यानेजर हर्नान डारियो गोमेजले राजीनामा दिएका हुन् । विश्वकपमा रसियाबाट डेब्यु गरेको पानामाले समूह चरणका सबै खेलमा पराजय भोग्नु परेको थियो ।

व्यवस्थापक गोमजले सन् १९९८ सम्म आफ्नै घरेलु टिम कोलम्बियाको व्यवस्थापक भएका थिए भने सन् २००२ मा इक्वेडरको व्यवस्थापक भएका थिए । गोमेजले पानामाबाट राजीनामा दिएपछि पुन इक्वेडरमा आवद्ध भएका छन् । उनले पानामाबाट छुट्टिनु कठिन भएको तर, इकवेडरसँग हार्दिकता रहेकाले जानुपरेको बताएका छन् ।

रसिया विश्वकपमा पानामा समूह जि मा थियो । जहाँ उसले ११ गोल खाएको थियो भने २ गोल मात्र फर्काउन सक्यो । पानामाको समूहमा इंग्ल्यान्ड, बेल्जियम र ट्युनिसिया रहेका थिए ।

प्रतिक्रिया दिनुहोस