यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु


१ श्रावण २०७५, मंगलबार


कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताए । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नं. भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नं को म्याजिक भ्यान एक आपसमा ठोक्किँएका हुन् । घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस