२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताए ।

आज नेपाल कम्यूनिष्ट पार्टीको कन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने बताए । “संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ” ओलीले भने “जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुदैन ।”

जनताले सरकारलाई सुम्पिएको अभिभारा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताए । “सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्” प्रधानमन्त्री ओलीले भने, “पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।”

दुई –चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । “चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ,” ओलीले भने, “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत ग-यो । ”