२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

अ+ अ-

रत्ननगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताएका छन् ।

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उनले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक/फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिए ।

उनका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले ३० लाख र विदेशीले रु एक करोड ५० लाख पाउँदै आएका थिए ।

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिए ।

उनले नेपालमा जहाजको मार्गसमेत बढाएर आठ स्थानमा पु¥याइएको समेत जानकारी दिए । अर्को २० दिनपछि नेपालमा अर्को जहाज आउनेछ भन्दै उनले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गरे ।

नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गरे ।

नेपालको सिमीकोट, पोखरा, काठमाडौं र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उनले जानकारी दिए । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिए । उनले भने, “सो विषयमा एक डेढ महिनामा केही नतिजा आउँछ ।”

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पु-याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उनले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गरे ।

“पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ”, मन्त्री अधिकारीको भनाइ छ । नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिँदै उहाँले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्को आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गरे ।

कार्यक्रममा प्रदेश नं ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले पर्यटकीय बस सञ्चालनसँगै सौराहा र पोखराको सम्बन्ध थप विस्तार हुने जस्तै गतिविधि सातै प्रदेशमा सञ्चालन हुन सके सरकारको समृद्धिको नारा सार्थक हुने बताए । प्रदेशसभा सदस्य गीता वाग्लेले बस सेवालाई नाफासँग नजोडी उत्कृष्ट सेवा दिन सुझाव दिए ।

पोखरा जगदम्बा ट्राभल्सद्वारा आजदेखि सञ्चालित उक्त बसमा मिनी बारसहित यात्रुलाई खाजा र खाना, चिया कफी, पेय पदार्थको सेवासमेत उपलव्ध छ । प्रतियात्रु एक हजार ५०० टिकट रहेको उक्त एसी बसमा वाइफाइसमेत रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि काठमाडौं पोखरा सेवा दिँदै आएको कम्पनीले आगामी भदौ १ गतेदेखि पोखरा– लुम्बिनी समेत बससेवा शुरु गरिने उनले बताए । रासस