रेखा थापाको फिल्म ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रेखा थापाको फिल्म ‘मालिका’को पहिलो गीत ‘हल्का माया के माया’


१ श्रावण २०७५, मंगलबार


काठमाडौं । नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’ को ‘हल्का माया के माया’ बोलको गीत रिलिज भएको छ ।

गीतमा सुरेश अधिकारीको संगीत, नरबहादुर कार्कीको शब्द तथा अन्जु पन्तको स्वर रहेको छ।

कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको छ । ‘गीतमा देश प्रेमको भावना समेटिएको छ ।

गीतमा स्थानीय पोशाकको प्रयोग गर्नुका साथै परम्परागत युद्धकलालाई पनि भिडियोमा उतारिएको छ। चलचित्र आउँदो लक्ष्मी पूजामा प्रदर्शन गरिने छ ।

फिल्म ‘मालिका’मा रेखा थापा र जाजरकोटकी कमला ओलीको मुख्य भूमिका छ।

भिडियोः

प्रतिक्रिया दिनुहोस