२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन राष्ट्रिय निकुञ्जमा छब्बीस गैँडा मरे

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणले २६ वटा गैँडा मरेका छन् निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार जुधेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र बुढो भएर ती गैँडा मरेका हुन् ।

गतवर्षको साउनमा आएको बाढीका कारण बगाएर र दलदलमा भासिएर चार वटा गैँडा मरेका थिए । त्यसैगरी बच्चा जन्माउन नसकेर तीन वटा गैँडा मरेको उनले बताए ।

वि.सं. २०७३ चैत २५ गते बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा तस्करहरूले एउटा गैँडा मारेका थिए । त्यसयता तस्करले गैँडा मार्न भने सकेका छैनन् ।

अन्य कारणले वर्षेनी मर्ने गैँडाको संख्या भने बढ्दो रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा २५ वटा गैँडा मरेकामा एउटा चैत २५ गते तस्करले मारेको र अन्य अरु कारणले मरेको सूचना अधिकारी अर्यालले बताए ।

आव २०७२/७३ मा अन्य कारणबाट १५ वटा गैँडा मरेका थिए । तस्करले गैँडा मार्न नसके पनि अन्य कारणले मर्ने गैँडाको संख्या बढ्दै गएपछि मृत्युको कारण न्यून गर्न अनुसन्धान गर्न शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

विभागबाट पर्यावरणविद्सहितको टोलीले गैँडाको मृत्युका यस विषयमा अनुसन्धान गरिरहेको उल्लेख गर्दै उनले भने, “तस्करले गैँडा मार्न नसके पनि अरु कारणले गैँडा मर्ने क्रम बढेकाले यसको कारणको खोजी गर्न शुरु गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैँडा छन् । रासस