२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दग्नामको तोयमा सडक भासियो, आवागमन जोखिम

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षात्पछि सोमबार दिउँसो जमीन धाँजा फाटेर पहिरो जाँदा करीब २५ मिटर सडक भासिएको हो ।

सडक तलको भिरालो जमीन धाँजा फाटेर पहिरो गएपछि सडकमा सवारीसाधन चल्न नसक्ने भएको दग्नामका वडाध्यक्ष एकबहादुर गर्बुजाले बताए । पहिरो जाने क्रम नरोकिएकाले सडक भासिनेक्रम जारी छ । मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरिएको वडाध्यक्ष गर्बुजाले बताए ।

वैकल्पिक घोरेटो बाटो निर्माणका लागि वडाका जनप्रतिनिधिले आज श्रमदानको आह्वान गरेका छन् । सडक भासिँदा दग्नाम, दर्मीजा, चिमखोला, कुइनेमंगलेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । सो स्थानमा विगत तीनचार वर्ष अघिदेखि जमीन धाँजा फाटेर पहिरो जाने समस्या थियो ।

सडक खनेपछि पहिरो जाने र जमीन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन् । पहिरो प्रभावित क्षेत्रको सोमबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारी, प्रजिअ लिलाधर अधिकारी, उपाध्यक्ष कमला तिलीजालगायत जनप्रतिनिधि र सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गरेको छ ।

निरन्तर पहिरो बगिरहेकाले उच्च जोखिम भएको ठहर गर्दै पैदलबाट समेत आवतजावत बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था मिलाउने तयारी भएको पहिरो प्रभावित स्थलमा पुगेर फर्कनुभएका रघुगंगा गाउँ कार्यपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रिम कटुवालले बताए ।

शिखको घट्टे खोलामा पुल

यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको घट्टे खोलामा पक्की पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को आर्थिक सहयोगमा स्थानीयवासीले श्रमदान गरेर आठ मिटर लामो आरसीसी ढलान गरेको पुल निर्माण गरेका हुन् ।

पुल निर्माण भएपछि शिख, तल्लो शिख, खिवाङ र पेनाला गाउँका बासिन्दालाई आवतजावतमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलबहादुर राम्जालीले बताए ।

यसबाट करीब २०० घरधुरी लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक्यापले रु एक लाख ४५ हजार उपलब्ध गराएको थियो । तल्लो शिख युवा क्लबले रु एक लाख लगानी गरेको क्लबका तुलबहादुर गर्बुजाले बताए । शिखलाई विश्व प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गले समेटेको छ । रासस