प्रदेश र पायक पर्ने स्थानीय तहमा कर्मचारीको आकर्षण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेश र पायक पर्ने स्थानीय तहमा कर्मचारीको आकर्षण


३२ असार २०७५, सोमबार


कार्यालय सञ्चालन

काठमाडौं । प्रदेश र पायक पर्ने स्थानीय तहमा जानका लागि निजामती कर्मचारीमा आकर्षण बढेको छ ।

सरकारले संघमा रहने कर्मचारीको दरबन्दी कटौती गरेपछि प्रदेश तह र आफूलाई पायक पर्ने स्थानीय तहमा जाने कर्मचारी आकर्षण बढेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा अधिकृत भुवन पाण्डेले बताए । उनका अनुसार दैनिक ३० भन्दा बढी कर्मचारीको सरुवाका लागि निवेदन आइरहेको छ ।

प्रदेश तहका मुकाम सुविधासम्पन्न शहर भएकाले नै कर्मचारीको आकर्षण बढेको बताइएको छ । ‘सरकारले सरुवा गर्दा विकट क्षेत्रमा पठाउला भनेर अहिले कर्मचारी आफैँ प्रदेश तह र आफूलाई पायक पर्ने स्थानीय तहमा सरुवाका लागि निवेदन लिएर आइरहेका छन्’, उनले भने, ‘सरुवाका लागि दैनिक निवेदन दिने कर्मचारीको दरबन्दीअनुसार सरुवा गरिरहेका छौँ ।’

मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहने टुङ्गाएको छ । सरुवा माग्नेमा धेरैजसो नायवसुब्बा र खरिदार तहका कर्मचारी छन् । अहिले करीव एक लाख १७ हजार दरबन्दीमा करीव एक लाख छ हजार मात्र कर्मचारीमा संघीय सरकारका धेरैजसो कर्मचारीको दरबन्दी कटौती भएको छ । सरकारले प्रदेश तहमा पहिले क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाउने भएको छ र नपुगलाई संघ सरकारबाट कर्मचारी खटाउनेछ । स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस