२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश र पायक पर्ने स्थानीय तहमा कर्मचारीको आकर्षण

अ+ अ-

काठमाडौं । प्रदेश र पायक पर्ने स्थानीय तहमा जानका लागि निजामती कर्मचारीमा आकर्षण बढेको छ ।

सरकारले संघमा रहने कर्मचारीको दरबन्दी कटौती गरेपछि प्रदेश तह र आफूलाई पायक पर्ने स्थानीय तहमा जाने कर्मचारी आकर्षण बढेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा अधिकृत भुवन पाण्डेले बताए । उनका अनुसार दैनिक ३० भन्दा बढी कर्मचारीको सरुवाका लागि निवेदन आइरहेको छ ।

प्रदेश तहका मुकाम सुविधासम्पन्न शहर भएकाले नै कर्मचारीको आकर्षण बढेको बताइएको छ । ‘सरकारले सरुवा गर्दा विकट क्षेत्रमा पठाउला भनेर अहिले कर्मचारी आफैँ प्रदेश तह र आफूलाई पायक पर्ने स्थानीय तहमा सरुवाका लागि निवेदन लिएर आइरहेका छन्’, उनले भने, ‘सरुवाका लागि दैनिक निवेदन दिने कर्मचारीको दरबन्दीअनुसार सरुवा गरिरहेका छौँ ।’

मन्त्रालयका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले संघमा ४५ हजार ८१५ र प्रदेशमा १६ हजार ५७० कर्मचारी रहने टुङ्गाएको छ । सरुवा माग्नेमा धेरैजसो नायवसुब्बा र खरिदार तहका कर्मचारी छन् । अहिले करीव एक लाख १७ हजार दरबन्दीमा करीव एक लाख छ हजार मात्र कर्मचारीमा संघीय सरकारका धेरैजसो कर्मचारीको दरबन्दी कटौती भएको छ । सरकारले प्रदेश तहमा पहिले क्षेत्रीय र अञ्चल कार्यालयमा रहेका कर्मचारी खटाउने भएको छ र नपुगलाई संघ सरकारबाट कर्मचारी खटाउनेछ । स्थानीय तहको अन्तरिम व्यवस्थापनका लागि ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुङ्ग्याइएको थियो । रासस