दुई पेस्तोल र गोलीसहित ललितपुरको नख्खिबोटबाट दुई जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दुई पेस्तोल र गोलीसहित ललितपुरको नख्खिबोटबाट दुई जना पक्राउ


३२ असार २०७५, सोमबार


काठमाडौं । दुई पेस्तोल र त्यसमा लाग्ने ५६ राउण्ड गोली सहित ललितपुरको नख्खिबोटबाट दुई जना पक्राउ परेका छन् ।

पेस्तोलसहित हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।

यसअघि आइतबार पनि प्रहरीले जर्मन पेस्तोल बिक्री गर्न हिँडेका ३ जनालाई ललितपुरको नख्खिबोटबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस