डा.केसीका माग तत्काल सम्बोधन गर्न माग गर्दै संसद भवन घेराउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

डा.केसीका माग तत्काल सम्बोधन गर्न माग गर्दै संसद भवन घेराउ


३२ असार २०७५, सोमबार


काठमाडौं । डा.गोविन्द केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने भन्दै संसद भवन घेराउ गर्ने मानवअधिकारवादीहरु पक्राउ परेका छन् ।

सरकारको निर्णय विरुद्ध मानवअधिकार तथा शान्ति समाजले संसद भवनको ३ नम्बर गेट अगाडि धर्ना दिएको थियो ।

पक्राउ पर्नेमा कृष्ण पहाडी, डा. गंगाधर अधिकारी, होमकान्त चौलागाई, कृष्ण कँडेल, रेनुका पौडेल, उत्तम पुडासैनी, गाहा मगर, बटुकृष्ण ढुंगेल, गिता तिमल्सिना, बाबुहरी आचार्य, रामकृष्ण बराललगायत छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको छ ।

अधिकार कर्मीहरुले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबार, प्रधानमन्त्री निवास वालुवाटार अगाडि पनि प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस