२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा बैठक स्थगन

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शुरुवातमै काँग्रेसका सांसदहरुले आमरण अनशनरत डा. गोविन्द केसीमा माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै आसनबाट उठेर विरोध जनाएका थिए ।

सोही क्रममा काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले सरकारले माथेमा आयोगको भावना र मर्मविपरितको चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न लागेको आरोप लगाए ।

सांसद विश्वकर्माले विगतको सरकारले माथेमा आयोगको भावना र मर्मअनुसारका चिकित्सा शिक्षा आयोग अध्यादेशमार्फत जारी गरेको जानकारी गराए ।

उनले भने, “हामीले आमरण अनसनर डा. केसीको माग सम्बोधन गरी उनको जीवन रक्षाका लागि पटक÷पटक आवाज उठाउँदा पनि सरकार गम्भीर देखिएन, यस घटनालाई मुलुकभित्र र विश्वमा नै चासोका साथ हेरिएको भए पनि यसमा सरकार गम्भीर देखिएन तसर्थ उनका माग सम्बोधन नभएसम्म संसद् चल्न दिदैनौं ।”

सभामुखको पटक÷पटकको आग्रहपछि पनि काँग्रेसका सांसद आसन ग्रहण नगरी उभिरहेपछि सभामुख कृष्णबहादुर महराले संसद् बैठक आधा घण्टाका लागि स्थगन गरेका थिए ।

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति जनाउँदै नियमित प्रक्रियाबाट नै विधेयक पेश हुने बताउँदै कसैले पनि संसदीय अभ्यासलाई मिच्न नहुने बताए ।

साथै उनले संसद्मा अल्पमतले बहुमतलाई अवरोध गर्ने दृष्टान्त विश्वमा नै नरहेको बताए ।

नेकपाका अर्का सांसद खगराज अधिकारीले प्रतिपक्ष दलसँग समेत छलफल गरेर सहमतिमा ल्याएको विधेयकलाई अघि बढाउन अवरोध गर्दा सहमति उल्लघंन भएको बताउँदै सभामुखले बोल्ने बेला कसैले पनि सदनमा बाधा गर्न नहुने नियमावलीमा व्यवस्था रहेको जानकारी गराए ।