२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँपको मूल्य नपाएपछि किसान निरास

अ+ अ-

बर्दिबास । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् ।

मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् ।

आँपको मुख्य माग हुने असारे पन्द्र पर्वताका पनि यसपालि आँपको मूल्य बगैँचामा १० प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ । “आँप त ठीकै फलेको हो” बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भने–, “तर कौडीको मूल्यमा बेच्नु प¥यो, वर्षभरिको गुजारा अब कसरी टार्ने होला ?” गत वर्ष रु ७० प्रतिकिलोसम्म आँप बेचिएको सम्झदै कुशवाहाले यसपालि भने १०० बोट आँपबाट ५० हजार आम्दानी लिन पनि नसकिएको गुनासो गरे ।

महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा, पशुपतिनगर र किसाननगर गौशाला नगरपालिकाका भरतपुर, रजखोर, लक्ष्मीनियाँ, बिसरपुर, फुलकाहा, बेलगाछी र भाण्टाबारी आँप खेतीका लागि कहलिएका ठाउँ हुन् । त्यसैगरी भंगाहा नगरपालिकाका रामनगर, जलेश्वर नगरपालिकाका पर्सापतैली, पिगौना र परिकौली र पिपरा गाउँपालिकाकाको पिपरा आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन् ।

गत वर्ष जिल्लामा आँप राम्रो नफलेकाले यसपालि बगैँचा खरिदप्रति व्यापारीले रुची नदेखाउँदा धेरैजसो बगैँचा किसान आफैँले रेखदेख गरेका थिए । “अरु वर्षजस्तो पहिले व्यापारी झुम्मिएनन्” भंगहा–४ रामनगरका किसान गंगाराम महतोले भन्नुभयो–, “आँप टिपेर बजार पु¥याइएको ज्याला पनि बिक्रीबाट पाइएन ।”

किसानले आँप बिक्रीबाट राम्रो आम्दानी लिन नसके पनि अहिले असार निगल्दो भने व्यापारीले भण्डारण गरेका आँपको मूल्य प्रतिकिलो रु ५० नाघेको छ । साउन महिना शिव उपासना गर्दा फलाहारमात्र गर्ने धार्मिक, सामाजिक परम्पराको फाइदा उठाउँदै व्यापारीले रु १० प्रतिकिलो लिएका आँप अहिले अब प्रतिकिलो रु ५० नघाइसकेका सर्वसाधारण उपभोक्ता बताउँछन् ।

“जताबाट पनि ठगिने त किसान र सोझासाझा जनता नै रहेछन्” बर्दिवास–५ का वडाध्यक्षसमेत रहेका फलफूल किसान दलबहादुर थापाले भने–, “आँप उत्पादनका पकेट क्षेत्रमा चिस्यानघर (कोल्डस्टोेर) बनाउन सकिएको भए किसान यतिबिघ्न लाचार त हुनु पर्दैनथ्यो !”

जिल्लामा करीब तीन हजार हेक्टर क्षेत्रफलमा उत्पादन दिइरहेका आँपका बोट र आउने वर्ष उत्पादन दिने बोट ५०० हेक्टरमा रहेका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । रासस