२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जथाभावी बाटो काटे प्रहरी फन्दामा !

अ+ अ-

काठमाडौं । जथाभावी बाटो काट्ने बानी छ ? त्यसो हो भने बानी सुधार्नुस् । नत्र प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ ।

ट्राफिक प्रहरीले आइतबारदेखि जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिई प्रशिक्षण थालेको हो । ट्राफिक प्रहरीका अनुसार आइतबार उपत्यकाका विभिन्न स्थानमा चार हजार जनालाई प्रशिक्षण गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जथाभावी बाटो काट्ने पैदल यात्रुका लागि एक महिने सचेतना अभियान थालेको बताए । उनका अनुसार जथाभावी बाटो काट्दा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि अभियान थालिएको हो । प्रहरीले जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिई सडक सुरक्षा, सडक प्रयोग, क्षति न्यूनीकरणलगायत विषयमा २० मिनेट प्रशिक्षण दिने गरेको उनले बताए ।

‘यसका लागि काठमाडौं, भक्तपुर र ललितपुरका १२ स्थानमा दुई सय सिविल र ट्राफिक प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

आकाशे पुल र जेब्रा क्रसिङ हुँदा पनि जथाभावी बाटो काट्ने क्रम नरोकिएको ट्राफिक प्रहरी बताउँछन् ।