सरकारले कर बढाए सँगै टेलिकम सेवा महँगिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले कर बढाए सँगै टेलिकम सेवा महँगिने


३१ असार २०७५, आइतबार


नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले साउन १ देखि टेलिकम सेवा शुल्क बढाउने भएको छ । सरकारले कर बढाएपछि टेलिकमको सेवा पनि महँगिने भएको हो।

विभिन्न प्याकेजहरु जस्तैः अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटिटिएच लगायतका विभिन्न प्याकेजको मूल्य बढ्ने नेपाल टेलिकमले जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा गरेको व्यवस्था अनुसार, मूल्य समायोजन गर्नुपर्ने भए पनि केही सेवा भने पहिलेकै दरमा उपलब्ध गराउने जनाएको छ।

तर टेलिकमले साउन १ देखि लागु हुने गरी मनसुन अफरको रुपमा विभिन्न प्याकेज पनि उपलब्ध गराउने भएको छ।

ग्राहकलाई थप आर्थिक भार नपर्नेगरी विभिन्न प्याकहरू विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जिएसएम थ्रिजी, फोरजी १ जिबी पर डे प्याक, सियूजी प्याकेज, भिडियो एन्ड टिभी स्ट्रिमिङ आवरली प्याक, एडिएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइने छन् । उपलब्ध प्याकहरुमा २५ देखि ३० प्रशित बोनस पनि उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

प्याकेज प्राप्त गर्न *1415# डायल गरेर मनसुन अफर प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस