२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् ।

काठमाडौं जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उनले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका लागि मुद्दा खोज्ने बेला नभएको बताए ।

उपप्रधानमन्त्री पोखरेलले भने, “डा. गोविन्द केसी अनशन बस्नुभएको छ, उहाँको स्वास्थ्यलाभको कामना गर्दछु, उहाँले उठाएका मुद्दा ठीकै होला, ठीक माग भए सम्बोधन पनि होला, प्रतिपक्षले पनि विरोधका लागि विरोध गर्ने मुद्दा कहाँ कहाँ छन् भनेर खोज्न जरुरी छैन, फैसला जनताबाट निर्वाचित प्रतिनिधिले गर्न पाउनुपर्छ ।”

उनले विरोध गरेर समय बर्बाद पार्नुभन्दा पनि आर्थिक विकास र समृद्धि सबैको अबको योजना हुनुपर्नेमा जोड दिँदै विकास निर्माण र सामाजिक सुधारका काम सबै एकताबद्ध भएर गर्नुपर्ने बताए।

उपप्रधानमन्त्री पोखरेलले भने, “लोकतन्त्र आइसकेपछि विरोध गर्नुपर्ने मुद्दा केही छैन, विरोधका लागि विरोध गरेर राष्ट्रलाई फाइदा हुँदैन, मुलुकको निर्माण र समृद्धिका लागि यो वा त्यो पार्टी भन्न मिल्दैन, गल्ली गरेमा प्रतिपक्षले मात्र होइन आफ्नै साथीलाई पनि भन्नुपर्ने हुन्छ ।”

उनले संविधान जारी भइसकेपछि मुलुकलाई नेतृत्व गर्ने सरकारहरुले कानून निर्माणमा लाग्नु पर्ने भएपनि सरकार बनाउने, टिकाउने खेलमा लागेको हुँदा आवश्यक कानून निर्माणका काम ढिलाइ भए पनि छिट्टै कानून बन्ने र काममा नरोकिने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले काठमाडौं जिल्लामा अनियन्त्रित रुपमा भइरहेको निर्माण कार्यलाई नियन्त्रण तथा नियमन गर्न र अव्यवस्थित बसोबासलाई रोक्न जिल्ला समन्वयन समितिले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री पोखरेलले भने, “अव्यवस्थित रुपमा बस्ती निर्माणका काम भइरहेका छन्, त्यसको नियन्त्रण गर्न जरुरी छ, त्यसलाई रोक्ने र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने जिम्मा समन्वय समितिले लिनुपर्छ ।”

जिल्ला समन्वय समितिले जिल्लाको प्रशासन, सुरक्षा निकाय, विकास निर्माणलगायतका सबै काममा समन्वय गरेरमात्र काम गर्न आग्रह गरे ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले जनप्रतिनिधिको मर्यादाक्रम चाँडै सार्वजनिक हुने जानकारी दिँदै भने, “मैले बजेट, कर्मचारी र स्रोत, साधन नभएर काम गर्न सकिने भन्ने ठाउँ रहँदैन ।” उनले जनताले सन्तुष्टि पाउने गरी जनप्रतिनिधिले काम गर्न आग्रह गरे।

सभाका अध्यक्ष शिवसुन्दरराज वैद्यले जिल्लाको विकास निर्माण, सुरक्षालगायत हरेक कुरामा समन्वय समितिसँग परामर्श गरेर काम गर्ने परिपार्टीको विकास भइरहेको बताए । रासस