हमास लडाकू विरुद्धमा गाजामा शक्तिशाली हमला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हमास लडाकू विरुद्धमा गाजामा शक्तिशाली हमला


३१ असार २०७५, आइतबार


जेरुसेलम । हमास लडाकू विरुद्ध गाजामा शनिबार शक्तिशाली हमला भएको  छ । यस हमलालाई सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले यो आक्रमणको पुष्टि गरेका छन् । गाजातर्फबाट इजरायलमा रकेट हानिएको र ती रकेटकहरुको जवाफी आक्रमणका रुपमा यताबाट हमला गरिएको उनले बताए ।

यसका साथै उनले आवश्यक परेमा थप कारबाही पनि गरिने जानकारी समेत दिएको बताएका छन् । तर उता प्यालेस्टिनीहरूले भने युद्धविराममा सहमति भएको र आक्रमण स्थगित भएको जनाएका छन् ।

उनीहरुले पहिला गाजातर्फबाट हमला भएको भन्ने समाचारको भने खण्डन गरेका छन् । उनीहरुले युद्धविरामकै समयमा यताबाट हमला नभएको बताएका छन् ।

इजरायलतर्फ प्रहार गरिएका दर्जनौँ रकेटबाट केही व्यक्ति घाइते भएका छन् । त्यहाँ ठूलै हताहतको समाचार भने आएको छैन ।

प्यालेस्टिनी अधिकारीहरूले गएराति गाजा शहरमा गरिएको हवाई आक्रमणबाट केहीको ज्यान गएको बताएका छन् । यससम्बन्धी पूर्ण विवरण भने आइसकेको छैन ।

गाजातर्फ पछिल्ला केही समयमा हिंसा मच्चिएको छ । हमासका विरुद्ध इजरायलका तर्फबाट पनि ठूला हमलाहरु हुने गरेका पछिल्ला समाचारहरुमा जनाइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस