डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वास्स्थानमामै लार्भा नष्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको वास्स्थानमामै लार्भा नष्ट


३१ असार २०७५, आइतबार


बुटवल । डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजेर त्यसको लार्भा आज नष्ट गरिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेकोे झाडी र सवारी साधनको टायरमा वासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन । उनीहरुसँगै सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेङ्गु सार्ने लामखुट्टेको वासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायका बारेमा जानकारी दिइएको बताए ।

उनले पानी भएको जुनसुकै ठाउँमा पनि त्यस्तो लामखुट्टेले फूल पार्नसक्ने उल्लेख गर्दै रुपन्देहीमा ९३१ जना डेङ्गु रोगबाट प्रभावित भएको बताए ।

तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन् । डेङ्गुका कारण यसवर्ष रुपन्देहीमा तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्वाथ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।

दुई दिनसम्म सञ्चालन भएको डेङ्गु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस