२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

अ+ अ-

पर्वत । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा. बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक महिनासम्म पनि अर्को प्रमुख आएका छैनन् । डा. थापाका ठाउँमा कार्यालय प्रमुख नआउँदा अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाका साथै जनस्वास्थ्य कार्यालयबाट सम्पादन हुने विभिन्न कामकाज प्रभावित बनेको कर्मचारीको गुनासो छ । डा. थापाका ठाउँमा बुटवलबाट नयाँ डा. आउने गरी सरुवा भए पनि अहिलेसम्म कार्यालयमा हाजिर नभएका कारण आवको समाप्तिमा पूरा गरिने कागजी प्रक्रियामा असर परेको जनस्वास्थ्य अधिकृत सजिना महर्जनले जानकारी दिइन् ।

तत्कालका लागि केही कामका लागि जनस्वास्थ्य अधिकृत महर्जनलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइए पनि आर्थिक कारोवारका लागि महर्जनसंँग अधिकार नभएका कारण आवको अन्त्यमा हुने कामको फछ्र्योटमा समस्या देखिएको छ ।

त्यसबाहेक गर्मी र वर्षायामका कारण जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गइरहे पनि प्रमुख चिकित्सक नहुँदा बिरामीको उपचार गर्ने चिकित्सकसमेतको अभाव खड्किएको छ । हाल गाउँगाउँमा रहेका स्वास्थ्यचौकीका कर्मचारीलाई समेत बिदामा नबस्न भन्दै अनुरोध गरेको जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालमा प्रमुख नै नहुँदा भने जिल्ला अस्पतालमा देखिएको लापर्वाही प्रष्ट देखिएको गुनासो बढेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले सरुवा भएर गएका डा. थापाका सट्टामा आउने चिकित्सकलाई तत्काल हाजिर हुनका लागि अनुरोध गरिएको र केही दिनभित्रै व्यवस्था हुने जानकारी दिइन् । रासस