पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ गिरफ्तार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ गिरफ्तार


३० असार २०७५, शनिबार


काठमाडौं । पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ शुक्रबार राति गिरफ्तार भएका छन् । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका सरिफसँगैउनकी छोरी मरियम पनि गिरफ्तार भएकी छन् ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो ।

२५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै त्यहाँको प्रहरीले पक्रेको थियो ।

बीबीसीका अनुसार शरिफका बाबु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस