पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको निधन


३० असार २०७५, शनिबार


काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । ५३ वर्षीय आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो ।

आलमलाई शुक्रबार भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले आलमको उपचारमा कुनै कमी हुन नदिन दिर्देशन पनि दिएका थिए । तर उनको शुक्रबार नै निधन हुन पुग्यो ।

उनको निधनप्रति प्रधानमन्त्री ओलीले शोक वक्तव्‍य जारी गर्दै दुःख ब्यक्त गरेका छन् । आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

आलम केपी ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस