गंगामायाले अनसन तोडिन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गंगामायाले अनसन तोडिन


२९ असार २०७५, शुक्रबार


काठमाडौं । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन रत गंगामायाले अनशन तोडेकी छन् । उनले ४५ औं दिनमा अनशन तोडेकी हुन् ।

उनका छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपी ८२ वर्षिय छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि उनले अनशन तोडेकी हुन् । उनलाई मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनशन जुस खुवाएर अनशन तोडाए ।

ग‌ंगामायाका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा चार वर्ष अघि ज्यान गएको थियो । उनको शब अझै बीर अस्पतालको शव गृहमा छ ।

प्रतिक्रिया दिनुहोस