२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक दुईजना सांसद ठिङ्ग उभिएकै भरमा संसद अवरुद्ध हुँदैन : ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीका प्रदेश नं. ३ कासांसदहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । ‘एउटा निहुँ झिकेर दुईजना सँसद ठिङ्ग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनु हुदैन’ ओलीले भने, ‘नेपाली कांग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने । अनि संसदको कारबाही अवरुद्ध हुने । अब यस्तो हुदैन । दुईचार जना मान्छेले गलत नियतले उभिदा संसद रोकिदैन ।’

प्रधानमन्त्री ओलीले देश विकासका कुरा, जनताको चासोका कुरामा बहस गर्ने थलोलाई केही मान्छेको स्वार्थ पुरा गर्नका लागि प्रयोग गर्नु नहुने बताए । ‘हामी दुई तिहाइ बहुमतमा छौं । हाम्रा माननीहरुले विकासका कुरा ससदमा जोडदार उठाउनु पर्छ । आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भने ।

सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले साउन महिना भित्रै सबै पार्टीका सबै कमिटीहरुलाई पूर्णता दिने बताए । ‘साउन भित्र पार्टी एकिकरण प्रक्रिया सकिन्छ । त्यसपछि बनेका कमिटीहरुले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ । अब त्यो रोकिन्छ ।’
सरकार भ्रष्टाचार रोक्न प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले दोहो¥याए । सरकार असफल नहुने र जनताको भरोसालाई सधैं शिरोधार्य गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सांसदहरु कृष्ण्भुक्त पोख्रेल, रामनारायण विडारी,पार्वत गुरुङ,बिरोध खतिवडा, महेश बस्नेत, कृष्णरज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हित बहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक बिषय, जिल्ला तथा क्षेत्रहरुमा उठेका विभिन्न समस्याहरु प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।