२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कडाइका साथ सुशासन र तीव्रताका साथ विकास : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को आज यहाँ उद्घाटन गर्दै उनले भने, “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक समृद्धितर्फ पनि राज्यको ध्यान केन्द्रित छ ।”

प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास हुँदैन, सोच र चिन्तनले विकास हुन्छ, औपनिवेशिक कालमा जस्तो ठूला र धनीले साना र गरीबलाई शोषण गरेर धनी र सम्पन्न हुने चरण समाप्त भइसकेको छ भन्दै अब स्वतन्त्रता, सुरक्षा र सम्मान सहितको आधुनिक लोकतन्त्रका लागि साहित्य र संस्कृतिकर्मीहरु पनि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जैविक र मानवीय न्यायोचित आवश्यकताको परिपूर्ति जनताको पहिलो शर्त भएको उल्लेख गर्दै उनले एकता, सहिष्णुता र मेलमिलाप नेपाली संस्कृति भएकाले नेपालको ऐतिहासिक र वैभवपूर्ण संस्कृतिलाई विश्वसमक्ष फैलाउनुपर्ने बताए ।

शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीले नेपाली कला र संस्कृतिको विदेशीले समेत अन्वेषण गरिरहेको सन्दर्भमा स्वदेशका प्राज्ञिक निकायले आफूलाई त्यसमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याए।

वरिष्ठ साहित्यकार डा. मोदनाथ प्रश्रितले नेपालको हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षणमा लाग्न सम्बन्धीत सबै पक्षसंग आग्रह गरे ।

वरिष्ठ कवि वैरागी काइँलाले कतिपय भाषा र संस्कृति लोपोन्मुख हुन लागेको बेला सम्मिलनले त्यसको जगेर्नामा योगदान दिन सक्ने अपेक्षा व्यक्त गरे।

सम्मिलनमा नेपाली साहित्यमा विद्यावारिधि बेलायती नागरिक डा माइकल हर्ट, भारतको सिक्किम विश्वविद्यालयका डिन डा कविता लामालगायत जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ ।

भारतको ग्वाँटी, उत्तराखण्ड, सिक्किम, कोलकोता, हिमाञ्चल, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलोङलगायत स्थानका साहित्यकारहरुको सहभागिता छ ।

सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुने आयोजक समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले जानकारी दिए ।