सलमानलाई नेपाल ल्याउने भन्दै लाखौको टिकट बिक्री गरेका गुरुङ पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सलमानलाई नेपाल ल्याउने भन्दै लाखौको टिकट बिक्री गरेका गुरुङ पक्राउ


२९ असार २०७५, शुक्रबार


काठमाडौं । भारतीय अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौंको टिकट बिक्री गर्ने सिमान्त गुरुङ पक्राउ परेका छन् ।

पाँच हजारभन्दा बढी टिकट बिक्री गरेर लाखौं ठगी गरेको भन्दै उनलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरिय अपराध महाशाखाले बताएको छ । उनी ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष पनि हुन् ।

सलमानलाई फागुन २६ गते काठमाडौंको टुँडीखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै उनले लाखौंको टिकट बिक्री गरेका थिए ।

विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण टरेको थियो ।

प्रतिक्रिया दिनुहोस