दश दिने विदेश भ्रमण सकेर प्रधानसेनापति स्वदेश फर्किए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दश दिने विदेश भ्रमण सकेर प्रधानसेनापति स्वदेश फर्किए


२९ असार २०७५, शुक्रबार


काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्री चीन र म्यानमारको १० दिने सकेर शुक्रबार स्वदेश फिर्ता भएका छन् । असार १९ गते म्यानमार गएका क्षत्रीले २३ गतेसम्म त्यहाँका स्टेट काउन्सिलर आङ साङ सुकी, सेनाध्यक्ष र म्यानमारमा रहेका प्रवासी नेपालीहरुसँग भेटघाट गरेका थिए ।

त्यसपछि उनी असार २४ गते चीन गएका थिए । २४ देखि २९ गतेसम्म चीन भ्रमण गरेका क्षत्रीले चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष, वेस्र्टन सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

यस किसिमको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस