२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटनामा एकको मृत्यु, १६ घाइते

अ+ अ-

रुकुम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा आज दिउँसो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका– १ सल्लेबाट खलंगा तर्फ आउँदै गरेको ना ५ ख ६५१० नं. को बस खलंगाको मूलखोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर मुसिकोट नगरपालिका– १ छिङ्की अन्दाजी २५ वर्षीया सपना मल्ल भण्डारीको मृत्यु भएको प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १६ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

मृतककी– सात महिनाकी छोरी, मुसिकोट नगरपालिका– १ का १६ वर्षीय चन्द्रबहादुर विक, सोही ठाउँकी तीन वर्षीया देवी केसी, ५४ वर्षीय विष्णु बुढाथोकी, ११ वर्षीया झरना थापा, १६ वर्षीया दिविका बुढाथोकी र २० वर्षीया मनिषा विसी खड्का घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते सबैलाई जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सल्लेका प्रमुख डा. सुशील पोखरेलले जानकारी दिए ।

अन्य आठजना घाइतेको जिल्ला अस्पाताल सल्लेमा उपाचार भइरहेको उनले बताए । गाडी सफा गर्न ल्याउने क्रममा सहचालकले गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

गाडी सडकबाट करीब एक सय मिटर तल खोलामा सकेको थियो । प्रहरीले गाडी चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । रासस