प्रधानमन्त्री ओलीले लिए आलमको स्वास्थ्य अवस्थाको जानकारी « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

प्रधानमन्त्री ओलीले लिए आलमको स्वास्थ्य अवस्थाको जानकारी


२९ असार २०७५, शुक्रबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेता एवं पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

आज गंगालाल हृदयरोग केन्द्रमा गएर प्रधानमन्त्री ओलीले आलमको स्वास्थ्य अवस्था जानकारी लिएका हुन् । रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । परिवारका सदस्यहरुलाई पनि आस्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आलमको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

आलम गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वामगठबन्धनको तर्फबाट उम्मेद्वार थिए ।

प्रतिक्रिया दिनुहोस