काठमाडौं । नेपाल प्रहरीका पाँच डीआईजीले शुक्रबार अनिवार्य अवकाश पाएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक को ३ वटा पद रिक्त रहेपनि प्रतिस्पर्धामा रहेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।
२०४५ असार २९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा सुरु गरेका उनीहरुले समयमै सरकारले प्रक्रिया अगाडी नबढाउँदा घर जानु परेको गुनासो गरेका छन् ।
आज अनिवार्य अवकास पाएका पाँच डीआईजीहरुसँगै प्रेम चन्द, श्याम खड्का र रविन्द्र शर्मा पनि अनिवार्य अवकासमा जाने भएपछि पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेश विक्रम शाह एआईजी बढुवाको प्रतिष्पर्धामा रहनेछन् ।