२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छलफलका आधारमा दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव

अ+ अ-

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले दलित समुदाय, विषय विज्ञलगायत सम्बन्धित निकायसँग पर्याप्त छलफल गरेर मात्र दलितसम्बन्धी कानून निर्माण गर्न सुझाव दिएका छन् ।

दलित महिला केन्द्र, नेपालद्वारा यहाँ आज आयोजित ‘संविधान कार्यान्वयन, कानून निर्माण प्रक्रिया र दलित अधिकार’ विषयको एक अन्तक्र्रिया कार्यक्रममा नेताहरुले दलित समुदायसम्बन्धी कानूनको मस्यौदा तयार गर्ने अवस्थादेखि नै पर्याप्त छलफल चलाउनुपर्नेमा जोड दिए ।

संविधानको धारा २४ मा जातीय भेदभाव तथा छुवाछूतविरुद्धको हक र धारा ४० मा दलितको हक समावेश गरिएको छ । वि.सं. २०७५ असोज ३ गतेभित्रमा मौलिक हकअन्तर्गत बनाइनुपर्ने कानून निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तिलक परियारले समग्र दलित समुदायको भावनाअनुसार स्वामित्व झल्किने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखे। अधिवक्ताद्वय दिनेश त्रिपाठी र मीरा ढुंगानाले दलितसम्बन्धी कानून निर्माणका क्रममा दलित मात्रैको भन्दा पनि गैरदलित समुदायको समेत सुझाव लिइनुपर्ने सुझाव दिए ।

दलित महिला केन्द्र, नेपालकी महासचिव तथा पूर्वसांसद कमला विश्वकर्माले दलितमैत्री कानून निर्माणका लागि सबैभन्दा बढी दलित समुदाय नै सक्रिय हुनुपर्छ भने । वि.सं. २०७३ मा स्थापना भएको दलित महिला केन्द्र, नेपाल दलित तथा उत्पीडित समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक र सांस्कृतिक सशक्तीकरणका लागि क्रियाशील छ । यसले दलित महिलाको राजनीतिक तथा आर्थिक अधिकारप्राप्तिका लागि विभिन्न कार्यक्रम गर्दैआएको छ ।